चुनावी प्रतिवद्धता भुल्दै जनप्रतिनिधिः निकास बिनाको ‘चुलबुले’ विकास !

-आभाषकुञ्ज ।
महेन्द्रनगर । १७ साउन । अधिकांश जनप्रतिनिधिले समग्र विकास निर्माण र समृद्धिलाई बेवास्ता गर्दै आफन्त र पार्टीका भरौटे केन्द्रीत लक्ष्य राख्दा कञ्चनपुरमा दिगो विकासले गति पाउन सकेको छैन् ।

आफु निकट र पार्टीका अगुवा तथा क्रियाशिल सदस्यलाई मात्र लक्षित गर्दै नगरपालिका/गाउँपालिका र वडाको बजेट तथानाम खर्च गर्दा सोझा–साझा, आवाज विहिन बस्तीका जनताहरुले विकास निर्माण संगै जनप्रतिनिधिको आभास पाउन सकेका छैनन् ।

२०७४ वैशाख ३१ र असार १४ मा दुई चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनले नेपालको लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेमा जनता निर्धक थिए, तर जनताको मर्म र भावनालाई निर्वाचित जनप्रतिनिधिले आत्मसात गर्न नसक्दा हत्तोत्साहितको मोडमा पुर्याका छन् ।

जनताको जिउधनको सुरक्षा संगै प्रत्येक गाँउ टोलमा जन अपेक्षा अनुरुपको विकास निमार्णमा जनताले जनताबाटै जनताकैलागि चुनिएका जनप्रतिनिधि चुकेका छन् । गाँउघरमा सडक, बिजुली बत्ती, खानेपानी, संचारको पहुँच, स्वास्थ्य परिक्षण तथा सामान्य उपचारकालागि समेत स्वास्थ्य केन्द्र र औषधीको सनतुलन, शिक्षाका दृष्टिले बजारबाहेकका क्षेत्रमा विद्यालयको भौतीक र गुणस्तरतामा जनप्रतिनिधिले कुनै फड्को मार्न सकेका छैनन् ।

महाकाली नगरपालिकाको कुतीयाकवर बस्तीले भोग्नु परेका पीडा र बाध्यता, अनि भीमदत्त नगरपालिकाको खल्ला मसेट्टी-टुडिखेलका स्थानीयले झेल्नुपरेको नर्कीय जीवन, पिल्लरीफाटाँका स्थानीयले आज सम्म नदेखेको बिजुली बत्ती, बेलडाँडीका झरनाखोलाबासीलाई पर्दै आएको पीडामाथि निर्वाचित भएका जनप्रतिनिधिहरुले कुनै किसिमको मलम लगाउन सकेका छैनन् ।

जनताले विश्वास गर्दै दिएको मतबाट निर्वाचित भएका जनप्रतिनिधिले पारिवारीक सम्बन्ध र पार्टीका आसेपासे तथा अग्रजको मात्रै हित अनुरुप गतिविधि अगाडि बढाउदा आवाज विहित तथा सोझा–साझा जनताले सास्ती भोग्नु परेको छ ।

जिल्लामै छैन सिसिटिभी क्यामेरा

कञ्चनपुरका ९ ओटा स्थानीय तहहरु मध्ये कुनै पनि स्थानीय तहले नगर/गाउँ–टोल/बजार र राजमार्ग क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेका छैनन् । ठुलो परिमाणमा बजेटलाई विभिन्न प्रयोजनमा खर्च गरे पनि स्थानीय सरकारहरु जनताको सुरक्षा र पादर्शीताका मामलामा चुक्दै आएका छन् ।

जिल्ला भरीमा ९ स्थानीय निकाय र ९२ ओटा वडाहरु रहे पनि कुनै पनि वडा तथा नगर÷गाउँपालिकाले जनताको जीउधन र सुरक्षाका निमित्त सिसिटिभी जडान गर्न सकेका छैनन् ।

कञ्चनपुरको सबै भन्दा ठुलो र सुगम नगरपालिकाका रुपमा परिचित भीमदत्त नगरपालिकाले २ वर्ष अगाडि जडान गरेका १६ सिसिटिभी क्यामेरालाई मर्मत संगै ख्याल नगर्दा झण्डै २० लाख बराबरको बजेट बालुवामा पानि भएको छ ।

भीमदत्तले जडान गरेका उक्त सिसिटिभी क्यामेरा जडान गरेका ५ महिनामै टुटफुट पश्चात गायव भए पछि हाल पुरै कञ्चनपुर जिल्ला सिसिटिभी क्यामेरा बिहिन बनेको छ ।

त्यसै गरी बेदकोट नगरपालिकाले २५ ओटा सिसिटिभी राख्ख्नका लागि टेन्डर आह्वान गरेको भए पनि आज सम्म काम गर्न सकेको छैन् । नगरपालिकाले दिन प्रतिदिन लापरबाही गर्दै समय टार्दै गइरहेको छ ।

कहाँ कसका जनप्रतिनिधि ?
कञ्चनपुरका ९ ओटा स्थानीय तहमा तत्कालिन माओवादी र एमालेको वर्चस्व रहेको रहेको छ । जसमा महाकाली र शुक्लाफाँटा नगरपालिकामा नेपाली कांग्रेस र अन्य सात नगर तथा गाँउपालिकामा नेकपा बाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गर्दै आएका छन् ।

कञ्चनपुरका नौं ओटै स्थानीय तहमा ९२ वडा रहेका छन् । ९२ वडामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको संख्या ३१ मात्रै रहेको छ, भने नेकपाबाट झण्डै दुई तिहाई, ७९ को संख्यामा निर्वाचित जनप्रतिनिधि रहेका छन् । भीमदत्त नगरपालिकाका १९ वडा मध्ये मेयर लगायत १३ जना जनप्रतिनिधि नेकपा र उपमेयर लगायत ८ जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित छन् ।

बेदकोट नगरपालिकका १० वडा मध्ये मेयर÷उपमेयर लगायत ११ जना जनप्रतिनिधि नेकपा र १ जना वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् । शुक्लाफाँटा नगरपालिकाका १२ वडा मध्येबाट उपमेयर लगायतका १० जना नेकपा र मेयर लगायत ४ जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् ।

कृष्णपुर नगरपालिकाका ९ वडा मध्येबाट मेयर÷उपमेयर लगायत ८ जना नेकपाबाट र ३ जना वडाध्यक्ष कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि रहेकाछन् । महाकाली नगरपालिकाका १० वडामध्ये मेयर लगायत ७ जना नेपाली कांग्रेस र उपमेयर लगायत ५ जना नेकपाका निर्वाचित जनप्रतिनिधि छन् ।

पुनर्वास नगरपालिकाका ११ वडा मध्येबाट मेयर उपमेयर लगायत ११ जना नेकपा र २ जना वडाध्यक्ष कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । बेलौरी नगरपालिकाका १० वडामध्येबाट १० जना मेयर उपमेयर लगायतका नेकपा र २ जना वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि रहेका छन् ।

जिल्लाकै दुई ओटा गाउँपालिकामा समेत नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट नै निर्वाचित जनप्रतिनिधिको वर्चस्व रहेको छ । लालझाँडी गाउपालिकाका ६ वडामध्येबाट गाउँपालिका अध्यक्ष/उपाध्यक्ष सहित ५ जना नेकपाबाट र ३ जना वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित छन् ।

त्यसैगरी बेलडाँडी गाउँपालिकाका ५ वडामध्येबाट गाउँपालिका अध्यक्ष/उपाध्यक्ष सहित ६ जना नेकपा र १ जना वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...