लकडाउनको अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत ! कञ्चनपुरमा ३ बालिका सहित १५ बलात्कृत

महेन्द्रनगर । १९ साउन । नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेयता असार मसान्तसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशमा ७७ वटा बलात्कार घटना भएका छन् । बलात्कृत हुनेहरुमा १८ बालिका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले तयार गरेको तथ्याङ्कअनुसार चैत्र महिनामा १४, वैैशाखमा १५, जेठमा २३ र असारमा २५ महिला बलात्कृत भएका हुन ।

कैलालीमा सबैभन्दा बढी ४१ महिला बलात्कृत भएका छन् । यस जिल्लामा चैत्रमा ६, बैशाखमा ८, जेठमा ११ र असारमा ४१ जना बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मुकेशवहादुर सिंहले जानकारी दिए । उनका अनुसार कैलालीमा बैशाखमा चार र असारमा आठ गरी १२ जना बालिका बलात्कारको शिकार भएकी छन् ।

यस्तै कञ्चनपुरमा तीन बालिकासहित १५ बलात्कृत भएका छन् । चैत्रमा तीन, वैशाखमा तीन, जेठमा ६ र असारमा तीनजना बलात्कृत भएका हुन् ।

प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये यो अवधीमा सबैभन्दा बढी बलात्कारका घटना बाजुरामा भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार यस जिल्लामा चैत्रमा दुई, वैशाखमा एक, जेठमा तीन र असारमा एक गरी सात घटना भएका छन् ।

यस्तै दार्चुलामा वैशाखमा एक, जेठमा दुई र असारमा एक गरी चार घटना, अछाममा वैशाखमा एक, जेठमा एक र असारमा दुई गरी चार, बैतडीमा चैत्रमा एक र असारमा एक गरि दुई, बझाङ्गमा चैत्रमा दुई, डडेल्धुरामा असारमा एक र डोटीमा वैशाखमा एक बालिकामाथि बलात्कार भएको छ । अछाममा बलात्कृत भएकाहरुमध्ये दुई बालिका हुन् ।

करणी उद्योगका २७ घटना
लकडाउनको अवधिमा जवरजस्ती करणी उद्योगका २७ घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । चैत्रमा चार, वैैशाखमा ६, जेठमा पाँच र असारमा १२ जवरजस्ती करणी उद्योगका घटनाहरु भएका छन् ।

कैलालीमा १३, कञ्चनपुरमा पाँच, डडेल्धुरामा तीन र बैतडीमा एक घटना भएको छन् । यस्तै दार्चुलामा एक, डोटीमा एक, अछाममा दुई र बाजुरामा एउटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।

बझाङ्गमा भने करणी उद्योगको घटना छैन । जवरजस्ती करणी उद्योगबाट पीडित हुनेहरुमा कैलालीमा तीन, डोटीमा एक र बाजुरामा एक गरी पाँच बालिका छन् ।

बहुविवाहका १८ घटना
यस अवधिमा बहुबिवाहका १८ मुद्धा आएको प्रहरी बरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । उनकाअनुसार कैलालीमा १०, कञ्चनपुरमा दुई, डडेल्धुरामा एक र बैतडीमा एक बहुविवाहका मुद्धा आएका छन् । यस्तै बझाङ्गमा दुई, अछाममा एक र डोटीका एक बहुविवाहका मुद्धा आएका सिंहले वताए ।

यस अवधिमा कैलालीमा र डोटीमा एक एक गरी दुई बालबिवाहका घटनाहरु भएका छन् । कैलालीमा र कञ्चनपुरमा एकरएक गरी दुई बालयौन दुराचारका घटनाहरु भएका छन् ।

मानव बेचबिखन चार, अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी एक, जातीय तथा लैङ्गकि विभेद् एक, सार्वजनिक अपराध एक, अभद्र व्यवहार दुई र गर्भपतन सम्बन्धी एक मुद्धा दर्ता भएको छ ।
यस अवधिमा ३० जना महिलाको भवितव्यमा परी ज्यान गएको छ । कर्तव्य ज्यानमा तीन जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...