टोलस्तरीय समस्या बुझ्न टोल–टोलमा पुग्दै पुर्व राज्यमन्त्री रावल


९ः१९

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ ख प्रदेश सभा सदस्य एंवम पुर्व राज्यमन्त्री प्रकाश रावल स्थानीयको समस्या बुझ्न टोल स्तरीय कार्यक्रममा समेत पुग्न चालेका छन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा भईरहेको विकास निर्माणका गतिविधि र समस्याबारे स्थलगत रुपमै अवलोकन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन वातावरण तथा पर्यटन पुर्व राज्यमन्त्री एंव्म प्रदेश सभा सदस्य रावलले आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन गरेका छन् । उनले पछिल्लो समयमा स्थानीयको समस्याबारे जानकारी लिन आफ्नो निर्र्वाचन क्षेत्रमा अनुगमन गरिरहेका छन् ।

सोमबार भीमदत्त नगरपालिका ८ को ब्रह्म टोलका स्थानीयसँग छलफल गरिएको हो । ब्रह्म टोल विकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले निर्वाचन क्षेत्रमा भईरहेका कामबारे स्थानीयलाई जानकारी दिएका थिए । भेटघाट कार्यक्रममा बोल्दैँ पुर्वराज्यमन्त्री रावलले स्थानीयको समस्यालाई सम्बोधन गर्ने गरि काम भईरहेकोमा विश्वस्त पारे ।

‘तपाईहरुको समस्या समाधानका लागि आफूले पहल गरिहेको र धेरै कामहरु भईसकेको उनले जनाएका छन् । उनले निर्वाचन क्षेत्रमा आफ्नो पहल र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत ६८ वटा बोरिङ र विभिन्न विद्यालयमा भौतिक पुर्वाधार निर्माण कार्य भएको उल्लेख गदैँ अगामी दुई वर्ष भित्रमा निर्वाचन क्षेत्र भरीमा सिचाँई सुविधा पु–याउने प्रतिवद्धता समेत जनाए ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित सांसद रावलले विकास निर्माणका कार्यलाई प्राथमिकताकास साथ अगाडी बढाएईएको उनले बताएका छन् । कार्यक्रममा स्थानीयले समस्याबारे जानकारी दिदैँ टोलबासिका विभिन्न माग समेत अघि सारेका छन् ।

कार्यक्रम भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष ध्योज बहादुर विष्ट र वडा नम्बर ७ का वडाध्यक्ष शंकुरले वडाका विकास निर्माणका योजना र समस्याबारे जानकारी गराएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

भदौ महिना सम्म विज्ञापन खोल्ने सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको तयारी

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदहरूको पदपूर्ति सुरु गर्ने तयारी गरेको छ ।लोकसेवा आयोगको...

१४ जिल्लामा बढ्यो कोरोना संक्रमण

पछिल्लो दुई सातामा काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण...

महाकाली नदीको रोयल्टी विवाद आदालतमा

महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा भवानी कस्ष्ट्रक्सन प्रालिले महाकाली...

नेपालमा देखियो डेल्टा प्लस भेरियन्ट

नेपालमा हाल कोरोना भाइरसको डेल्टा प्लस भेरिन्यट बिस्तारै फैलिँदै गएको छ। कोरोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा...

२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा...