भीम रावलले भने – अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्नसक्छ

  • 5
    Shares


१०ः०५

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भिम रावलले अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गरेर ठुलो राष्ट्रघात गरेको बताएका छन् ।

एमसीसी खारेज अभियानले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता रावलले एमसीसी कार्यान्वयन हुन नसक्ने भन्दै अर्थमन्त्री खतिवडामाथि कडा प्रहार गरे ।

नेता रावलले भनेका छन्, ‘अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यति ठूलो राष्ट्रघात गर्दा पनि केही मान्छेहरूले उहाँको संरक्षण गरिरहेका छन् । नेपालबाहेक अरु देशमा हुन्थ्यो भने अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्थ्यो ।’

भाद्र १५ गते सोमबार अमेरिकी सहयोगको एमसीसी परियोजनाविरुद्ध आयोजित अर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागी भएर नेता रावलले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

उनले एमसीसीबारे अगाडि भने, ‘एमसीसी सम्झौताका बारेमा नेकपाको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । यथास्थितिमा एमसीसी सम्झौता पारित हुँदैन । हामीले सिफारिस गरेका प्रावधानमा संशोधन भए मात्र यो लागू हुनसक्छ । सम्बन्धित पक्ष संशोधन गर्न तयार नभए यो स्वतः खारेज हुन्छ, खारेज गराउँछौं ।’

नेता रावल एमसीसी खारेज अभियानमा सहभागी भइरहँदा हालै उनकै सहभागितामा बनेको प्रतिवेदनमा एमसीसीबारे उल्लेख छ, ‘एमसीसी सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने ।

उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’ पार्टीको प्रतिवेदनमा सचिवालय र स्थायी कमिटीमा छलफल गरेर संशोधनसहित अनुमोदन गर्ने भनिएपनि रावल खारेज अभियानमा लागेका छन् । यी विवादित विषयमा पार्टीभित्र छलफल गर्ने र अन्तर्विरोध उत्पन्न हुने गरी अभिव्यक्ति नदिने भनिएपनि रावल सार्वजनिक रुपमै प्रस्तुत हुन थालेका छन् ।

यसअघि समेत रावलले सामाजिक सञ्जालमा लेख्दै एमसीसी विरुद्धको अडान प्रस्ट पारेका थिए । उनले स्पष्ट पार्दै भनेका थिए, ‘भीम रावलले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने समाचार गलत र दुराशयपूर्ण छ ।

एमसीसीबारे नेकपाको कार्यदलको प्रतिवेदनमा पनि नेकपाको हित र कानून विपरीतका सम्झौताका प्रावधान परिमार्जन र संशोधन गरेर मात्र अनुमोदन गर्न मिल्ने भन्ने मेरो धारणा थियो र त्यसमा म कायम छु । प्रतिवेदनमा त्यही छ । यस्तो तथ्यलाई नबंग्याउन सबैलाई हार्दिक आग्रह गर्छु ।

नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमान विपरीत कसैसँग सम्झौता हुन सक्दैन । त्यस्तो कसैले गरे मानिँदैन ।’

यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन कार्यदलले बनाएको प्रतिवेदन पार्टीभित्र विचाराधीन छ । पार्टीका विवाद अन्त्य गर्न बनेको कार्यदलको प्रतिवेदनबारे समेत सचिवालय र स्थायी कमिटीमा छलफल हुन बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...

बाँकी रहेको आधा तस्वीर

जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु। छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,भेट्टिने...