दार्चुलाका युवा तम्सिए ड्रागन फ्रुट खेती गर्न

नरेन्द्र कार्की

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिकामा ड्रागन फ्रुट खेती सुरु गरिएको छ। नौगाड गाउँपालिका वडा नम्बर ६ को मलान भन्ने ठाउँमा कृषि क्षेत्रका विज्ञ, तथा इन्जिनियरहरु मिलेर ड्रागन फ्रुट खेती सुरु गरेका हुन्।

ग्रिन ल्याण्ड कृषि तथा पशुफार्म नाम दर्ता गरेर यहाँका युवाहरुले पहिलोपटक ड्रागन फ्रुट खेती सुुरु गरेका छन्। कृषि क्याम्पस रामपुरबाट डिग्री गरेका कृषि विज्ञ महेन्द्रसिह धामीको नेतृत्वमा आइटी इन्जिनियर भक्तसिह ठगुन्ना र सिभिल इन्जिनियर कैलाश धामी लगायतको टिमले ड्रागन फ्रुट खेती सुरु गरेका छन्।

स्थानीय शिक्षक दानसिह धामीको एक हजार आठ सय वर्गकिलोमिटर जमिन भाडामा लिएर खेती सुरु गरिएको इन्जिनियर महेन्द्रसिह धामीले बताए। पहिलो चरणमा आठ सय विरुवा र दुई सय पोलमा खेती सुुरु गरिएको उनले बताए।


ड्रागन फ्रुट खेतीको सुरुवात गर्न युवाहरुले १० लाख बढी रकम खर्च गर्दैछन्। कृषि क्षेत्रका विज्ञ महेन्द्र धामी नौगाड ५ सेलाबगरका स्थानीय हुन्। कृषि पढिसकेपछि आफ्नै क्षेत्रमा केहि गर्नुपर्छ भन्ने भावना लिएर उनी आफ्नै ठाउँमा व्यवसाय गर्न तम्सिएका हुन्।

अहिलेदेखि सुरु गरिएको ड्रागनले दुई वर्षपछि उत्पादन दिने धामीले बताए। ‘ड्रागनको बजार मूल्य राम्रो छ’ उनले भने, ‘ अरुले बाहिर गएर रोजगारी खोजिरहेको बेला आफुहरुले कृषि क्षेत्र पढेर आफ्नै क्षेत्रमा केहि गरौ भन्ने उद्देश्यले यो काम सुरु गरका छौं।’

ड्रागन फ्रुट खेती गर्न नौगाड गाउँपालिकाले प्रोत्साहन गरेपछि व्यवसायको थालनी गरेका उनीहरुले बताएका छन्। वडा नम्बर ५ र ६ को समर्थनमा गाउँपालिकाले पहिलो चरणमा दुई लाख रुपैयाँ ड्रागन फ्रुट व्यवसाय सञ्चालनको लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए।

‘कृषिमा सम्भावना यो क्षेत्रमा निकै छ’ उनले भने, ‘झन विज्ञ समूह नै आफैमा यो व्यवसायमा लागेपछि आगामी दिनमा पनि गाउँपालिकाले गर्ने सहयोग रहन्छ।’

ड्रागन फ्रुट व्यवसायको गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, उपाध्यक्ष गौरीदेवी ठगुन्ना, वडा नम्बर ४ का वडा अध्यक्ष नन्दनसिह धामी, वडा नम्बर ५ का वडा अध्यक्ष रामसिह ठगुन्ना लगायतले निरीक्षण समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

भदौ महिना सम्म विज्ञापन खोल्ने सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको तयारी

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदहरूको पदपूर्ति सुरु गर्ने तयारी गरेको छ ।लोकसेवा आयोगको...

१४ जिल्लामा बढ्यो कोरोना संक्रमण

पछिल्लो दुई सातामा काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण...

महाकाली नदीको रोयल्टी विवाद आदालतमा

महाकाली नदीको रोयल्टी संकलन विवाद आदालतमा पुगेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा भवानी कस्ष्ट्रक्सन प्रालिले महाकाली...

नेपालमा देखियो डेल्टा प्लस भेरियन्ट

नेपालमा हाल कोरोना भाइरसको डेल्टा प्लस भेरिन्यट बिस्तारै फैलिँदै गएको छ। कोरोनाको दोस्रो लहरमा भेरियन्ट मध्ये सबैभन्दा खतरा...

२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा...