नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न ३५ जनाको निवेदन

  • 3
    Shares

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पुबुदु दाशानायकेसहित ३५ जनाभन्दा बढीको निवेदन परेको छ ।

नेपाल क्रिकेट संघ क्यानले गएरातिसम्मको समयसीमा दिएर खोलेको विज्ञापनमा भारत, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डसहितबाट मुख्य प्रशिक्षकका लागि निवेदन परेको हो ।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका श्रीलंकाका पूर्व खेलाडी पुबुदुले नेपाली क्रिकेटलाई नयाँ उचाई दिएका थिए ।

सन् २००७ देखि ११ सम्म क्यानाडा राष्ट्रिय क्रिकेटको जिम्मेवारी सम्हालेका पुबुदु त्यसपछि २०१५ सम्म नेपालको राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक बनेका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा ट्वान्टी २० वल्र्डकप क्रिकेट खेलेको थियो ।

अफ्गानिस्तानसहित विभिन्न देशका क्वबलहरूको प्रशिक्षण सम्हालेका लान्च क्रुजनरले पनि मुख्य प्रशिक्षकका लागि क्यानमा निवेदन दिएका छन् ।

जनरल म्यानेजरमा समेत २५ जनाको निवेदन परेको क्यानले जनाएको छ । उनीहरू सबैको सूची तयार पारी केही दिनभित्रै छनोट प्रक्रियामा जाने क्यानको तयारी छ ।

आइसीसीको एक जना प्रतिनिधी, एक जना विशेषज्ञ र तीन जना क्यानका पदाधिकारीसहितको टोलीले मुख्य प्रशिक्षकको छनोट गर्नेछन । मुख्य प्रशिक्षकसहित माग गरेका सबै पदको पदपूर्ति एकै साथ गरिने तयारी क्यानले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...