रेडियन्ट ग्याँसका सञ्चालक दिवान चन्दले १५ करोड मा खरिद गरे आरती ग्याँस उद्योग

  • 1.4K
    Shares

कञ्चनपुर– कोभिड संक्रमणकै बीचमा नवलपरासीमा रहेको आरती ग्यास उद्योग बिक्री भएको छ। १५ करोड रुपैयाँमा यो ग्याँस उद्योग दिवान चन्दले किनेका हुन्। उनी नेपाल एलपी ग्याँस उद्योग संघमा महासचिव हुन्। चन्दको सुदूरपश्चिममा रेडियन्ट ग्याँस उद्योग छ।

६ महिनाको अवधिमा आरतीसँगै एचपी, त्रिवेणी, गीता र सैपाल ग्यास बिक्री भएको छ। चन्दले आरती ग्यास उद्योग किनेको बताउँदै असोजदेखि उद्योगको व्यवस्थापन सम्हालेको जानकारी दिए। ‘हामीले ग्याँस किनेर व्यवस्थापन पनि सम्हालिसकेका छौं,’ ‘६ महिनाभित्र पूर्ण स्वचालित उद्योगमा रुपान्तरण गर्नेछौं ,’उनले भने ।

‘हामी उपभोक्तालाई सुरक्षित ग्यास पुर्‍याउन प्रतिबद्ध छौं। त्यही अनुसार उद्योगमा थप लगानी गर्नेछौं,’ चन्दले भने । बिजुलीको पर्याप्तता भए पनि ग्यासको प्रयोग नघट्ने देखेर लगानी बढाएको उनले बताए। ‘ग्याँसको तुलनामा बिजुली धेरै नै महँगो छ।

अर्को विश्वका धेरै देशमा बिजुली पर्याप्त भए पनि ग्याँसको खपत घटेको छैन,’ उनले भने, ‘घरायसी मात्रै होइन औद्योगिक प्रयोजनमा समेत ग्याँसको खपत बढ्ने निश्चित छ।’रामग्राम नगरपालिका–१० मा २२ कठ्ठा जग्गामा उद्योगको प्लान्ट छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...

बाँकी रहेको आधा तस्वीर

जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु। छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,भेट्टिने...