कञ्चनपुरमा फरार अभियुक्त एक पछि अर्काे पक्राउ पर्दै प्रहरीद्वारा २१ अभियुक्त २२ दिनमा पक्राउ

  • 2
    Shares

कञ्चनपुर,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बाईस दिनमा एक्काईस जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक क्रियाकलाप गरि फरार रहेका एक्र्कास् जना अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ यरेको हो ।

०७७ असोज २३ गते भीमदत्त नगरपालिका वडा नं. १० गड्डाचौकीबाट कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त उत्तराखण्ड चम्पावतका व्यापारी शुसिल गर्गलाई प्रहरीले पक्राउ गरेको हो।

अनाधिकृत रुपमा विद्युतिय माध्यमको दुरुपयोग गरी वित्तिय प्रणालीमा पहुँच राख्दै विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोपमा भारतीय व्यापारी सुशील गर्ग पक्राउ परेका थिए।

यो मुद्दा महानगरीय प्रहरी परिसर टेकुमा चलेकोले गर्गलाई कञ्चनपुर प्रहरीले त्यहीँ पठाएको थियो। गर्गलाई पक्राउ गर्नु कञ्चनपुर प्रहरीका लागि पछिल्लो समय नियन्त्रणमा लिएका फरार अभियुक्तमध्येको सबैभन्दा ठूलो सफलता मानिएको छ।

जबरजस्ती करणी मुद्धामा १८ वर्ष देखि फरार पुनर्वास नगरपालिका–३ का ३७ वर्षीय जोगी धामीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। २०५९ साल जेठ २५ गते देखि फरार रहेका धामीलाई जिल्ला अदालत कञ्चनपुरले ६ वर्ष कैद सजाय तोकेको थियो।

कञ्चनपुर प्रहरीले पछिल्लो समय धमाधम फरार अभियुक्त पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २२ दिनको अवधिमा २१ जना फरार अभियुक्त पक्राउ परेका छन्।

असोज २२ गतेसम्मको अवधिमा अदालतले अपराधमा संलग्नता पुष्टि गर्दै कैद तथा जरिवाना सुनाएका र अनुसन्धानकै क्रममा फरार रहेका २१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले बताए।

कोरोना संक्रमणका कारण घर आएर बसेको समयमा फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी थापा बताउँछन्।

‘फरार अभियुक्तहरुले फेरी पनि अन्य घटना घटाउन सक्छन् भनेर प्राथमिकता दिएर निरन्तर निगरानी बढाएका हुन्छौँ । फरार अभियुक्त पक्राउ गर्नु अदालतको फैसला कार्यान्वयनको पाटो पनि हो,’ उनले भने, ‘अदालतबाट फैसला भएका र अनुसन्धानकै क्रममा फरार धेरै अभियुक्तहरुलाई पक्राउ गरेका छौँ । कोही वर्षौदेखि फरार रहेका पनि छन्।’

कोरोना संक्रमणका कारण फरार अभियुक्तहरु घर आएकाले फेरी पनि त्यस्तै प्रकृतिका घटना घटाउने सक्ने हुनाले बिशेष प्राथमिकता दिएर निरन्तर निगरानी बढाएको उनको भनाई छ।

असोज महिनाको २२ गतेसम्म पक्राउ पर्ने फरार अभियुक्तहरुमा सबैभन्दा बढि बलात्कारजन्य घटनाका ८ जना छन्।

यस्तै विवाह सम्बन्धी मुद्दामा जरिवाना तोकिएका ४ जना फरार अभियुक्त, चोरी घटनामा जरिवाना सुनाए पछि फरार २ अभियुक्त, ज्यान मार्ने उद्योग, अवैध मुद्रा, वन पैदावर, चेक अनादर, चलनचलाउ अवरोध, सार्वजनिक अपराध मुद्दाका एक/एक अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ परेका फरार अभियुक्तलाई अदालतमा बुझाएर कैद सजाय भुक्तानका लागि कारागार चलान तथा जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...