आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

  • 1
    Share

नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

२७ दिनदेखि आमरण अनसनरत डा। केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।

डा. केसीले ६बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा. केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् ।
तर सहमति जुट्न सकेको छैन ।

शनिबार मात्र सरकारी वार्ता टोलीले कोभिड–१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...