प्रलेस कञ्चनपुरको लघुकथा वाचन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 13
    Shares

प्रलेस कञ्चनपुरद्वारा आयोजित लघुकथा वाचन तथा प्रशिक्षण कार्यक्रम प्रलेस कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षतामा सम्पन्न भएको छ । अनलाइन माध्यमद्वारा गरिएको कार्यक्रममा प्रलेस केन्द्रीय महासचिव समीर सिँह प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमको प्रमुख प्रशिक्षकका रुपमा प्रलेस केन्द्रीय सल्लाहकार डा. पुष्करराज भट्ट रहेका थिए । जुम एप तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रम दिउसो १ः००देखि सुरु भइ ४ः०० बजेसम्म चलेको थियो । कार्यक्रममा देश विदेशबाट करिब पाँच दर्जन बढिको सहभागीता रहेको थियो ।

प्रशिक्षण पछि विभिन्न स्रष्टाहरुले लघुकथा वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य राख्दै प्रलेसले विधानमा उल्लेखित उद्देश्य अनुरुप यस्ता कार्यक्रमहरु गर्दै जानुपर्ने र साहित्यलाई जनसाधारण सम्म पुर्याउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा वीरबहादुर चन्द, चन्द्रकला पन्त, महानन्द ढकाल, गायत्री कुमार चापागाइ, कविराज भट्ट, उर्मिला पन्त पाण्डेय, सुमित्रा न्यौपाने लगायतका स्रष्टाहरुले विभिन्न भाषाभाषीका लघुकथा वाचन गरेका थिए ।

कार्यक्रमको समीक्षा समीक्षक जगदीश ओझाले गरेका थिए । प्रलेस कञ्चनपुरका सचिव धर्मानन्द भट्टले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई प्रलेस कञ्चनपुरका सदस्य कविराज भट्टले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथिबाट उद्घाटन गरिएको कार्यक्रममा प्रलेस केन्द्रीय अध्यक्ष डा. जीवेन्द्रदेव गिरी, प्रलेस केन्द्रीय सल्लाहकार रामविनय ज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै तथा प्रलेसका केन्द्रीय महासचिवज्यूलाई जन्मदिनको शुभकामना एवम् सम्पूर्णमा दशैँ तिहारको अग्रिम शुभकामना व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...

बाँकी रहेको आधा तस्वीर

जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु। छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,भेट्टिने...