बिकेनन् सन्दिप लङ्का प्रिमियरमा

  • 3
    Shares

नेपाली क्रिकेटर सन्दिप लामिछाने श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिगको ड्राफ्टमा बिक्रि भएनन् । उनलाई कुनैपनि टिमले अनुबन्ध गर्ने चाहना राखेनन् । जसका कारण उनी ड्राफ्टबाट छनोट भएनन् ।

सोमबार अनलाइनको माध्यमबाट भएको ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन । ड्राफ्टमा २० राउन्डसम्म चलेको थियो । १५ दिनसम्म प्रतिस्पर्धा चल्ने प्रतियोगितामा क्यान्डी टस्कर्स, कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स र जाफना स्टेलियन्स गरि पाँच टिमको सहभागिता रहेको छ । ड्राफ्टमा पाकिस्तानका खेलाडी बढि अनुबन्ध भएका छन् ।

प्रतियोगितामा सहभागि टिम जाफनामा थिसेरा परेरा, डेविड मलान, वासिन्दु हसरंगा, शोएब मलिक, उस्मान शिनवारी, धनन्जय डी शिल्भा, आसिफ अली लगायतका खेलाडीलाई ड्राफ्टमा अनुबन्ध गरेको छ ।

कोलोम्बो किंग्समा श्रीलंका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युज, वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेल, दक्षिण अफ्रिका फाफ डु प्लेसिस, इसुरु उडाना र दिनेश चान्डिमल लगायतका खेलाडी छन् ।

यस्तै ग्ल्याडीयटर्समा श्रीलंका तीव्र गतिका बलर लासिथ मलिङ्गा, पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी, कोलिन इनग्राम, हज्रतुल्लाजजाई, मोहम्मद आमिर, शरफराज अहमद, पल स्टरर्लिङ र उपुथ थरंगा लगायतका खेलाडी छन् ।

यस्तै डम्बुल्ला हक्समा दासुन शनका, दक्षिण अफ्रिका डेविड मिलर, कार्लोस ब्रेथवेट, निरोसन डिक्वेला, लाहिरु कुमारा, ओशडा फर्नान्डो, कुशल रजिथ लगायतका खेलाडी छन् ।

अर्को टिम टस्कर्समा कुसल जानिथसँगै वेस्टइन्डिजका क्रिस गेल, इंग्ल्यान्डका लियाम प्लायन्केट, वहाब रियाज, कुशल मेन्डिस, नुवान प्रदीप, नविन उल हक, एलेसा गुनरत्ने, कामिन्दु मेन्डिस लगायतका खेलाडी छन् ।

नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने एपीएलमा कुल २३ खेल हुने छन् ।

सन्दीप हाल आइपिएलका लागि यूएईमा दिल्ली क्यापिटल्सको टोलीसँगै छन् । तर उनले अहिलेसम्म एक खेल पनि खेल्न पाएका छैनन् । एपीएलको मिती सरेपछि अन्तिम समयमा सन्दिपले यो प्रतियोगिताका लागि नाम दर्ता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...

बाँकी रहेको आधा तस्वीर

जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु। छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,भेट्टिने...