बनाराका सुकुम्बासीले पाएनन् ओत लाग्ने ठाउँ हिउँदमा बस्छन् पुलमुनि

  • 6
    Shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ मा पर्ने बनहरा पुल छेउमा एउटा बस्ती छ जहाँ सुकुम्वासीहरु बसोवास गरिरहेका छन् । आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेकाहरु स्थायी बसोवास नुहँदा निकै सास्ती झेलेर जीवन विताई रहेका छटन् ।

२०६२ सालदेखि टहरामा बस्दै आएका सुकुम्वासीहरु हिउँदमा नबनहरा पुलमुनि वास बसिरहेका छन् । वर्षातमा बाढीको डर का कारण बाहेक अरु समय यीनीहरुको बास पुलमुनि नै हुन्छ ।”

मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरु ओत लाग्न पुलमुनि वास बस्नु परेको सुकुम्वासीहरु बताउँछन् । “राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेक भए पनि ती गाडीभित्रका ठुलाबडाहरु यो बस्तीलाई देखे नदेखे झैँ गर्छन ।”

विगतमा मजदूरी गरेर जिविका चलाउने गरेका सुकुम्बासीहरु कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुश्किल परिरहेको दुखेसो पोख्छन् ।“कोरोना आएपछि त पेट पाल्न पनि धौ धौ हुने स्थिति आयो”, वस्तीकै एक जनाले भने, “ विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।”

उक्त सुकुम्बासी बस्तीमा २६ परिवारको बसोवास रहेको छ । सोह्र बर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरु बसोबास गरिरहेको भएपनि अझै पुर्नस्थापनाको कुनै सुरसार कहिँबाट नरहेको उनीहरुको गुनासो छ ।

“वस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ, तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन”, बोहराले भने, “ बस्ती पुर्नस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरेपनि सुनुवाइ भएन ।” वस्तीकी कलमती दमाईले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताईन् ।

“सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नु पर्ने बाध्यता भएको छ”, उनले भनिन्, “ परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।”सुकुम्बासी वस्तीमा रहेका विद्यालय समेत जादैनन् । बस्तीका बालबालिकाहरु पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ ।

बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आएपनि वस्तीका हकमा भने लागू नभएको बताईन् ।आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन ।

“सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरेपनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्”, उनले भनिन्, “वस्तीका धेरै बालबालिकाहरुले अझै विद्यालय देख्न पाएका छैनन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...

बाँकी रहेको आधा तस्वीर

जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु। छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,भेट्टिने...