नेपाल प्रहरीले स्रोत नखुलेको ४० लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा चेकजाँचका क्रममा स्रोत नखुलेको ४० लाख नगदसहित पश्चिम नवलपरासीका ४० वर्षीय व्यास गुप्तालाई आज बिहान पक्राउ गरेको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक हेमन्त विक्रम थापाले बुटवलबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८६५२ नम्बरको बसमा कम्मरपेटीमा लुकाएर ल्याएको अवस्थामा गुप्तालाई पक्राउ गरिएको जानकारी दिईएको छ ।
गुप्ताले एक लाख दरका ४० थान रकम झोला र कम्मरपेटीमा ल्याएको अवस्थामा उनलाई पक्राउ गरिएको हो । नगरद रकम सहित पक्राउ परेका गुप्तासंग रकम ल्याईएको स्रोत बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।