सिनेमा हल खुलेसँगै मुम्बईमा शाहरुख–काजोलको दिलवाले दुल्हनिया ले जाऐंगे पुनर्प्रदर्शन

  • 3
    Shares

मुम्बईको मराठा मन्दिरमा यो चलचित्रको पुनर्प्रदर्शनी शुक्रवारबाट सुरु भएको छ। यो चलचित्र सिनेमा हलमा सबैभन्दा लामो समयसम्म (२० वर्षभन्दा बढी) चलेको चलचित्र हो।

भारतमा गत नोभेम्बर ५ मा फिल्म हल खुलेसँगै शाहरुख खान र काजोलको ‘आइकनिक’ फिल्म ‘दिलवाले दुल्हनिया ले जाएँगे’ पुनः सिनेमा हलमा लागेको छ।

महाराष्ट्र सरकारले हलमा आधा दर्शक मात्र राखेर सिनेमा हल सञ्चालन गर्न दिएसँगै मुम्बईको मराठा मन्दिरमा यो चलचित्रको पुनर्प्रदर्शनी आज सुरु भएको हो।

यो चलचित्र सिनेमा हलमा सबैभन्दा लामो समयसम्म ९२० वर्षभन्दा बढी० चलेको चलचित्र हो। तर कोभिड–१९ का कारणले यो प्रदर्शनी रोकिएको थियो। त्यस्तै, मराठा मन्दिर सिनेमा हल पनि महामारीकै बीच करिब आठ महिना बन्द भएको थियो।

महामारीअघिसम्म प्रत्येक दिन पहिलो शो उक्त चलचित्रको हुन्थ्यो। यो एउटा परम्पराजस्तै भएको मराठा मन्दिरले जनाएको छ। प्रत्येक दिन उक्त शोमा दर्शकको भीड हुने गर्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...