वेदकोटमा जुवाडेको ३ लाख ९५ हजार लुटेर भागेका ३ जना पेस्तोल सहित पक्राउ

  • 6
    Shares


कञ्चनपुरको वेदकोट नगरपालिकामा अत्याधुनिक हतियार देखाएर जुवाको रकम लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान वेदकोट नगरपालिका वडा नम्बर ५ मा खेतमा जुवा खेलिरहेका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर तीन लाख ९५ हजार रुपैयाँ र मोबाइल लुटेको आरोपमा कञ्चनपुर प्रहरीले ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा वेदकोट नगरपालिका १ पिपलथलाका केदार विष्ट, वडा नम्बर २ वसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार बेलुका एक थान सेमी अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सात÷आठ जनाको समूहमा आएका व्यक्तिहरुले वेदकोट नगरपालिका ५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेका व्यक्तिहरुबाट तीन लाख ९५ हजार नगद र तीन थान मोबाइल लुटेर फरार भएका थिए ।

रकम लुटिएको सूचनापछि घटनाको अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दैजीको संयुक्त टोलीले घटनामा संलग्नहरुलाई हतियारसहित पक्राउ गरेको हो । प्रहरीले तास खेलिरहेको खेतबाट समेत एक थान म्याग्जिन र दुई राउण्ड गोली फेला पारेको थियो ।

यस्तै त्यो घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले पक्राउ परेका व्यक्तिहरुलाई म्याद थपका लागि पठाइएको बताउँदै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...