पुर्व–पश्चिम राजमार्ग सडक खण्डको कृष्णपुर नगरपालिका–२ बाणीमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।
सोमबार दिउँसो यहाँको बाणीमा म १ प ७८२३ र सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० बर्षीय उत्तमसिंह धानुक र २१ बर्षीय सुनिता विष्ट घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीका अनुसार सु प प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल चालक बन्साहका धानुक गम्भीर घाइते भएका छन् ।
धानुकको मोटरसाइकलमा सवार युवती विष्ट र म १ प ७८२३ मा सवार प्रहरी सहायक निरीक्षक विष्ट सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि कैलालीको अत्तरीयास्थित पद्मा अस्पताल पु–याइएको प्रहरी नायव निरीक्षक धामीले बताएका छन् ।