सोमवार बिहानदेखि हिमपात हुँदा हुम्लाका किसान खुसी भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नखन गर्नका लागी सहज हुने भएपछि हुम्लाका किसान खुसी भएका हुन् ।
सोमबार बिहानै हिमपात भएपछि किसानमा खुसीयाली छाएको स्थानीय भक्त रोकायाले बताए । लामो समय पानी नपरेको कारण जमिन सुख्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने विश्वास किसानलाई छ ।
हिमपातले किसानका लागि जेठासी बाली छर्न सहज भएको धुलो हराएर जिल्लामा फैलिएको रुघाखोकी पनि बिसेक हुने उहाँले बताउनुभयो ।
हुम्लामा रुघाखोकी बिरामी बढेका छन् । त्यो संगै यो हिमपात हुम्लामा दोस्रो पटक हो । उत्तरी हुम्लाका उच्च स्थानमा पहिलो हिमपात कात्तिक १८ गते भएको थियो ।
हिमपातले चिसो बढेको छ । बिहान तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला सेताम्मे भएको छ ।