बाँकी रहेको आधा तस्वीर

  • 23
    Shares


जब बाँकी रहेको आधा तस्वीर सम्झिन्छु,
अनि यस्तै रहेछ सायद तकदीर सम्झिन्छु।

छोडी जाने प्रती मेरो कुनै गुनासो नै छैन,
भेट्टिने पनि त छुट्टिन्छ आखिर सम्झिन्छु।

मेरो मेरो भनेर रुनेहरूको भिडमा एक्लो,
कसरी हाँसेर बसेको छ फकिर सम्झिन्छु।

याद आउँछ बितेका पलहरूको एक एक,
भगवान सम्झिन्छु अनि मन्दिर सम्झिन्छु।

अब न्यानो महसुस हुन थाल्छ अनिमात्र,
राम्रोसँग बित्यो कार्तिक मंसिर सम्झिन्छु।

मन बदल्न पो गाह्रो हुन्छ तन बदलिन्छ,
जस्तो बनायो त्यसै बन्छ शरीर सम्झिन्छु।

गाह्रो पर्दा पिता जी ले भनेर सम्झाएको,
चिन्ता नलिनु बन्नु हुदैन अधिर सम्झिन्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...