मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी पक्राउ परेका हुन् ।
मंगलबार राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उहाँको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कैलाली बाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
चौधरी बुधवार बिहान कैलालीको बुढीतोलामा रहेको एक होटलमा युवतीसहित रंगेहात पक्राउ परेको स्रोतले जानकारी दिएको छ । प्रहरीले यस घटनालाई लुकाउन खोजेको बुझिएन आएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार चौधरी बिहान आफैँ सम्पर्कमा आएको बताएका छन् ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आन्तरीक कारवाहीका लागी ईलाका प्रहरी कार्यालय अत्तरीयाबाट जिल्लामा तानिएको छ ।