भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश रानाको रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन् ।
प्रवक्ता थापाका अनुसार स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले सेफ्टी ट्याङकीबाट दुवै जनालाई मृत अवस्थामा निकालेको थियो । मृतकहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।