आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

  • 4
    Shares

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।

शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

‘अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सबै विद्यालयहरु बन्द गरिएका छन्,’ उनले भने, ‘पछिल्लो समय समुदायस्तरमा बढ्दो संक्रमण र चिसोका कारण विद्यालय बन्द गरिएका हुन् ।’

उनका अनुसार दुईरतीन दिनयता ४ जना शिक्षकमा संक्रमण देखिएपछि सम्बन्धित विद्यालयहरु बन्द भइसकेका छन् । भीमदत्त नगरपालिकामा निजी र सामुदायिक गरी १२६ विद्यालय छन् ।

लामो समय सम्म कोभिडका कारण बन्द रहेका विद्यालयहरु मंसिर तेस्रो सातादेखि मात्र सञ्चालनमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

आइतबारदेखि भीमदत्त नगरपालिकाका विद्यालयहरु बन्द हुने

भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु...

महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

भीमदत्तनगरको महुलियामा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा...

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका...

मलाई म बनाउने

म मलाई म बनाउने अभियानमा छु ,तसर्थ होला अलिकति थकानमा छु। कतिले सोच्छन होला बिलायो भनी ,झुट हो सब...

मंगलबार देखि सम्पर्कविहीन भएका डिएसपी होटलबाट रंगेहात पक्राउ

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भरतबहादुर चौधरी...